सौन्दर्यकला व्यवसायीद्धारा सुरक्षाको माग गर्दै ज्ञापन पत्र

news

बुटवल, असार २-
बुटवलका सौन्दर्यकला व्यवसायीहरुले महिला उद्यमीहरुको सुरक्षाको माग गर्दै
इलाका प्रशासन कार्यालय मार्फत आज गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन ।
सौन्दर्यकला व्यवसायीहरुले जेठ २९ गते महोत्तरीमा सौन्र्दयकला व्यवसायीमाथि
सामुहिक बलात्कार भएको बिषयमा दोषिलाई तत्काल पक्राउ गरी कडा कारवाही
गर्न माग ज्ञापन पत्र बुझाउदै उनीहरुले महिला उद्यमीहरुको सुरक्षाको माग गरेका
हुन । सौन्दर्यकला व्यवसायीहरुले महिला उद्यमीहरुलाई निधक्क भएर व्यवसाय सञ्चालनको बातावरण बनाउन पनि सरकारसंग आग्रह गरेका छन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह र सौन्र्दय कला व्यवसायि
संघका केन्द्रिय उपाध्यक्ष मिना प्रधानद्धारा हस्ताक्षरीत ज्ञापन पत्र बुझदै इलाका
प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीले ज्ञापन पत्र मन्त्रालयमा
पठाउने र यस क्षेत्रमा त्यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।
उहाले महिला उद्यमीलाई व्यवसाय गर्दा सुरक्षाको कुनै्र समस्या भए तत्काल
प्रशासनमा खवर गर्न आग्रह गर्नुभयो ।
संघका अध्यक्ष सिंहले महिला उद्यमी माथि भएका घटनालाई गृहमन्त्रालयले गम्भिरताका
साथ लिएर दोषिलाई कारवाही नगरे देशभरीका वयवसायीहरु आन्दोलनमा उत्रने
अवस्था आउन सक्ने बताउनु भयो ।
ज्ञापन पत्र बुझाउन संघका महासचिव हरी प्रसाद अर्याल, सचिव कमल पौडेल,
सौन्दर्यकला व्यवसायी संघका केन्द्रिय सदस्य जेनि श्रेष्ठ लगायत सहभागि
हुनुहुन्थयो ।