च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनल उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

news

असार २-
च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् । बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो । बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जाँदा भेट्टायो ।  टस हारेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट जाँदा २ सय ६४ रन बनाएको थियो । भारत र पाकिस्तानबिचको फाइनल खेल आगामी आइतबार हुनेछ ।