सोमालियामा आत्मघाती कार बम बिस्फोट : कम्तीमा ११ जनाको मृत्यु

असार १-
सोमालियाको राजधानी मोगादिशुमा भएको आत्मघाती कार बम बिस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिस्फोटक पद्धार्थले भरिएको कार शहरको एक रेष्टुरेन्टमा लगेर ठोक्काइएको थियो । बिस्फोटको जिम्मा अतिवादी समूह अल सबाबले लिएको छ । सो क्षेत्रमा अन्य केहीलाई बन्धक समेत बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो केही महिनायता अल सबाबले सोमालियाका विभिन्न स्थानमा आत्मघाती आक्रमणको श्रृङ्खला बढाएको छ ।