कक्षा ११ को परीक्षा सुरु

news

बुटवल, असार १
कक्षा ११ को परीक्षा आज सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसलाई माध्यमिक उर्तिण अन्र्तगतको परीक्षा मानेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७ सय ६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ बिद्यार्थी सहभागी भएका छन् । जसमध्ये २ लाख ११ हजार ६ सय १ छात्र र २ लाख ३७ हजार ३ सय ७३ छात्रा परीक्षार्थी छन् । परीक्षामा नियमिततर्फ ३ लाख ४ हजार ६० र  आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी छन् । परीक्षाका लागि कुल ९ सय ९३ केन्द्र तोकिएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै १ सय ११ परीक्षा केन्द्र तोकिएको छ । पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ । यसैबीच बोर्डले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थी मैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ । तराईका केही जिल्लामा बन्द हड्ताल लगायतका गतिविधि जारी रहेको तर्फ संकेत गर्दै बोर्डले  परीक्षाको समयमा बन्द हड्ताल लगायतका विद्यार्थीको मनोविज्ञानमा असर पर्ने कार्य नगराउन आग्रह गरेको हो ।