रुससँग मिलेमतो गरिएको आरोपको सशक्त रुपमा खण्डन : महान्यायाधिवक्ता जेफ सेसन्स

जेष्ठ ३१
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गत वर्षको राष्ट्रपतीय निर्वाचनलाई डोनल्ड ट्रम्पको पक्षमा पार्न रुससँग मिलेमतो गरिएको आरोपको सशक्त रुपमा खण्डन गरेका छन्। गत फेब्रुअरीमा महान्यायाधिवक्ता नियुक्त भएपछि संसद्को गुप्तचर समितिको सुनुवाइका क्रममा सेसन्सले आफूबारे आलोचनायोग्य झुट बोलिएको बताए। उनले ती आलोचनाहरु ूगोप्य रुपमा कसैको इशारामाू गरिएको दावी गरे। महान्यायाधिवक्ता सेसन्सले ट्रम्पको चुनावी अभियानबारे आफूले रुसी अधिकारीहरुसँग कुनै भेटघाट नगरेको र ट्रम्पका चुनावी अभियान अधिकारीहरुले पनि त्यस्तो कुनै भेटघाट गरेकोबारे आफूलाई थाहा नभएको उल्लेख गरेका छन्।