पाल्पामा विशालु च्याउ खाएर विरामी भएका थप एक जनाको मृत्यु

news

पाल्पा, जेष्ठ ३०-
विषालु च्याउ खाएर बिरामी परेका मध्येका थप एकको गए राती मृत्यु भएको छ । निस्दी गाउ“पालिका, ४ की २२ वर्षिया यानमाया गाहाको उपचारका क्रममा लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको हो । विषाक्त च्याउ खाएर बिरामी भएका ४५ वर्षिय रिखिसरा गाहाको भने उपचार भइरहेको छ । एकाघरकै तीन वर्षिय बालक उमेश गाहाको आइतबार राती मृत्यु भएको थियो । साता अघि मात्रै पाल्पाको रामपुर नगरपालिका, ३ गैलुक गाउ“मा एउटै गाउ“का ५ जनाको मृत्यु भएको थियो भने १२ जना बिरामी परेका थिए । सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको यस गाउ“मा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव रहेको छ ।