युद्धग्रस्त यमनमा हैजाको महामारी

जेष्ठ २८-
युद्धग्रस्त यमनमा हैजाको महामारी फैलिएको छ । गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाख भन्दा बढी प्रभावित भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ । यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको र गएको अप्रिल २७ यता हैजाका कारण ७ सय ९८ जनाको ज्यान गएको छ । अक्सफामका अनुसार यमनका हैजाका कारण पछिल्लो समय एक घण्टामा एक जनाको ज्यान जाने गरेको छ । दुई वर्षदेखि सरकारी सेना र हुथी बिद्रोहीबिच भइरहेको युद्धका कारण यमनको स्वास्थ्य, खानेपानी तथा सरसफाइ व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ ।