बेलायतमा संसदीय चुनावमा कन्जरभेटिव पार्टीको जित

जेष्ठ २७-
बेलायतमा संसदीय चुनावमा सत्तारुढ कन्जरभेटिव पार्टीले तीन सय १८ सिटमा जित निकाल्दै सबै भन्दा ठूलो पार्टी बनेको छ । तर उसले संसदमा रहेको बहुमत भने गुमाएको छ । बिहीबार भएको संसदीय चुनावको अन्तिम मतपरिणा आइसक्दा कन्जरभेटिव पार्टीले कुल ६ सय ५० सिट मध्ये तीन सय १८ मा जित निकालेको हो । बहुमतका लागि तीन सय २६ सिटमा जित निकाल्नु पर्ने थियो । कन्जरभेटिव पार्टीले सन् २०१५ को आम चुनावमा तीन सय ३१ सिटमा जित निकालेको थियो । लेबरपार्टीले यो चुनावमा दुई सय ६२ सिटमा जित हात पारेको छ । यसैबिच प्रधानमन्त्री मे ले डियुपीसँग मिलेर सरकार बनाउने बताउनुभएको छ । बहुमत ल्याउन चुके पनि आफ्नो पार्टीले नै बेलायतको नेतृत्व गर्ने उहाँले बताउनुभएको हो । आफ्नै नेतृत्वमा ब्रेजिक्टको विषय टुंग्याउने उहाँले बताउनुभयो ।