उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी

जेष्ठ २६-
युरोपियन युनियन ईयूले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणलाई लिएर केही व्यक्ति र सङ्घसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घको निर्णयलाई पछ्याउँदै थप १४ उच्च अधिकारी र चार सङ्घसंस्थालाई प्रतिबन्ध लगाउने जनाएको हो । यससँगै ईयूले जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ सङ्घसंस्था प्रतिबन्धित सूचीमा परेका छन् । युरोपेली आयोगले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावले गरेको व्यवस्थाअनुसार प्रतिबन्ध लगाउने निर्णय लिएको हो ।