इलाका प्रहरी कार्यालय बुटवलद्धारा ८ जना पक्राउ

news

बुटवल,जेठ ५ -

इलाका प्रहरी कार्यालय बुटवलले अदालतबाट कैद सजाय भई फरार भएका ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत रुपन्देहीबाट बिभिन्न मितिमा कैद तथा जरीवानाको फैसला भई फरार भएकाहरुलाई अदालतको अनुरोधमा सर्च अप्रेसन गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलेजर्वजस्ति चोरीमा डेढ महिना कैद र ३४ हजार ५ सय रुपैया जरिवानाको सजाय पाएका तिलोत्तमा ११ का कमल श्रेष्ठ, लागु औष मुद्धामा १ बर्ष कैद र ५० हजार जरिवाना सजाय पाएका तिलोत्तमा १२ का तेज प्रताप नेपाली, लागु औषध मुद्धामा १ बर्ष कैद सजाय पाएका देवदह २ का सुर्य गुरुगं, लागु औषधमै२ महिना कैद पाएका बुटवल ११ का अरबिन्द लामा, चारी मुद्धामा १८ दिन कैद र १ लाख १० हजार जरिवाना सजाय पाएका बुटवल ११ का मनु नेपाली,राजेन्द्र नेपाली र  कैले भन्ने कर्ण बहादुर बिक तथा लागु औषध मुद्धामा ११ महिना १८ दिन कैद सजाय पाएका देवदह १० का जस बहादुर थापा भन्ने बिश्वास थापा लाई पक्राउ गरेको जनाएको छ ।