सुपा देउराली दर्शन : एक लाख भेटी संकलन

news

बुटवल जेठ ४-अर्धाखाचीको सुपा देउरालीमा  धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गतबर्षकै तुलनामा यस बर्ष दोब्बर पर्यटन बढेका छन ।
विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले जानकारी दिनु भएको छ । अहिले तराइमा गर्मी भएकाले पनि शित्तल भएकाले पनि नरपानी लेकमा घुम्न र सुपा देउराली मन्दिरमा दर्शन गर्न पुग्नेहरुको सख्या बढेको छ । यसबर्ष वैशाख १ गते नयाँ वर्षको दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र रु एक लाख नौ हजार आठ सय भेटी  संकलन भएको अध्यक्ष थापाले बताउनु भयो। अर्धाखाचीमा  सुपा देउराली मन्दिर धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा छ र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएको छ ।यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइदै आएकको छ ।
 गत वर्ष रु ६० लाख आम्दानी भएको मन्दिरमा यस वर्ष करिव उक करोड भेटी संकलन हुने अनुमा छ ।
मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत यहाँ दर्शन गर्न आउने गरेका छन् ।
दर्शन गर्छन् ।