संसद बैठक बस्दै, प्रचण्डद्धारा संवोधनको तयारी

news

बुटवल, जेठ ४ -
व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । स्थानित तह निर्वाचनलाई मध्यनजर गर्दै गत हप्ता स्थगित भएको बैठक आज बस्न लागेको हो । आज दिउँसो ३ बजे बस्ने बैठकमा संसदमा पेसभएको दोस्रो संशोधन प्रस्ताव पारित गर्ने बारेमा केन्द्रीत हुने छ ।

मधेशी दलले संशोधनको प्रस्ताव पारिद नभएसम्म चुनावमा भाग नलिने अडान लिएपछि बैठकमा संशोधनको प्रस्तावलाई पारिद गर्ने विषयमा छलफल हुने छ । संसद बैठकमा प्रधानन्यायाधिश सुशिला कार्कीमाथि लागेको महाअभियोग प्रस्तावका विषयमा पनि छलफल हुने छ । बैठकमा जेठ १५ गत सरकारले प्रस्तुत गर्ने बजेटकाबारेमा पनि छलफलहुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच– प्रधानमन्त्री पुष्पकमल दाहालले आजको संसद् बैठकमा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज बस्ने संसद बैठकमा  पहिलो चरणको स्थानीय तहको निर्वाचन सफल गराएको लगायतको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गर्नुभएको हो । आचार्याले प्रंधानमन्त्रीको सम्बोधन मन्त्रीपरिषदको बैठकले निर्धारण गर्ने जानकारी दिनुभयो ।