सर्वदलिय बैठक बस्दै

बुटवल, जेठ ४-

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा बनेको तीन सदस्यीय मन्त्रीस्तरीय समितिले आज छलफल गर्नेभएको छ । हिजोका लागि छलफल तय भएपनि तयारी नपुगेको भन्दै बैठक आज बस्ने गरि स्थगित भएको थियो ।
स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्न समितिले सर्वदलिय बैठकको आह्वान गरेको हो ।
तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्ने सर्वदलिय बैठक आह्वान गरिएको कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

दिउँसो हुने छलफलमा नगरपालिकालाई उपनगरपालिका बनाउन सकिन्छ कि, वा गाउँपालिकालाई नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा छलफल हुने छ ।

स्थानीय तह थप गर्नुपर्ने जिल्लाका जनप्रतिनिधिसँग छलफल हुने छ । सरकार र तराई केन्द्रीत दलबीच भएको समझदारी अनुसार स्थानीय तहको संख्या बढाउने प्रक्रियालाई अघि बढाइएको हो ।