ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन


जेठ ११-
ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण त्यहाँका केही प्रमुख मन्त्रालयहरुबाट सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति टेमरको राजिनामा वा बरखास्तीको माग गरेका छन् ।