आइपिएल क्रिकेटको फाइनल प्रवेशका लागि कोलकाता र मुम्बई भिड्ने

news

जेठ ४-
इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि कोलकाता नाइट राइर्डले मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकाता नाइटराइडर्सले फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्ससँगको भेट पक्का गरेको हो ।

इलिमिनेशन राउन्डअन्तर्गत हैदराबादले कोलकातालाई १ सय २९ रनको लक्ष्य दिएको थियो। हैदरावादले व्याटिङ गरिरहेका बेला पानी परेपछि खेल डिएल मेडथका आधारमा छोट्याइएको थियो ।
कोलकाताको दोस्रो इनिङ पुरै वर्षाका कारण प्रभावित भएपछि भ्रमणकारी कोलकाताले जितका लागि ६ ओभरमा ४८ रनको नयाँ लक्ष्य पाएको थियो। ४८ रनको विजयी लक्ष्य पाएको कोलकाताले ५ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कोलकाताको जितमा कप्तान गम्भीरले अविजित ३२ रन बनाए। क्रिस लिनले ६, इसाङ्क जग्गीले ५ तथा रोबिन उत्थपा एक रन जोडे।  हैदरावादका लागि भुवनेश्वर कुमार र क्रिस जोर्डनले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार पारेको थियो। कोलकाताले अब फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।