प्रधानसेनापति आज अमेरिका जाँदै

news

बुटवल, जेठ ३-प्रधानसेनापति राजेन्द्र क्षत्री आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । प्रधानसेनापति भएपछि उहाँको यो दोस्रो अमेरिका भ्रमण हो ।
उहाँ अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लाग्नु भएको हो ।
सैनीक जनसम्पर्क निर्देशनालयले भ्रमणका क्रममा आपसी हितका विषयमा अन्तक्रिया गर्नुका साथै अमेरिकी सेनाका विभिन्न इकाद्धारा प्रस्तुत हुने ब्रिफिङ तथा  सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्ने कमर्यक्रम रहेको जनाएको छ । प्रधानसेनापति क्षत्रीको भ्रमण दलमा प्रधान सेनापतिकी पत्नी रीता क्षत्री,  प्रमुख सेनानी अर्जुन बस्नेत तथा सेनानी पूजा कार्की रहनेछन् ।
टोलीले जेठ १२ गतेसम्म भ्रमण गर्ने  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।