उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता

news

बुटवल,जेठ ३-

छिमेकी चीनको ‘एक पेटी एक मार्ग (बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन) सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्मेलनमा सहभागी देशका प्रतिनिधिले एक पेटी एक मार्ग असल अवधारणासहित आएको बताउनुभयो ।
एक पेटी एक मार्गले पूर्वाधार विकास, रेल्वे निर्माण, सीमा नाका खोल्ने, नेपालको विकासमा यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री महाराले बताउनुभयो । चीन नेपालको आर्थिक विकासका लागि सदैव सकारात्मक रहेको बताउँदै उहाँले नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
गत वैशाख ३१ र जेठ १ गते बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ गत शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।