म्यानचेस्टर सिटी च्याम्पियन्स लिग नजिक

जेठ ३-

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई पराजित गरेको छ। गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ३–१ ले पराजित गरेको हो।

जितसँगै म्यानचेस्टर सिटी युरोपेली च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ।  सिटीको जितमा ग्याब्रिएल जेसस, केभिन डे ब्रुन र याया टुरले गोल गरे। जितसँगै सिटी फेरि लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ।

यस्तै, प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले सन्डरल्याण्डलाई २–० ले पराजित गरेको छ। आर्सनलको जितमा दुवै गोल एलेक्स सान्चेजले गरे।

जितसँगै आर्सनलले शीर्ष चारमा रहेर च्याम्पिइनस लिगमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ।

जितपछि लिगको एक खेल बाँकी छँदा म्यानचेस्टर सिटी ७५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको लिभरपुलको ७३ अंक छ। आर्सनल ७१ अंकका साथ लिगको पाँचौ स्थानमा छ।