पहिलो चरणको निर्वाचन अन्तर्गतका ३ वटा प्रदेशमा उत्साहपूर्ण रुपमा मतदान सम्पन्न ।

news

बैशाख ३१
निर्वाचनका सम्वन्धमा निर्वाचन आयोगले अहिले केही बेरमा पत्रकार सम्मेलन गर्दै छ । मतगणना मतपेटीका सुरक्षा लगाएका विषयमा जानाकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको निर्वाचन आयोगका अध्यक्ष अयोदि प्रसाद यादवले जानाकारी दिनुभयो । आयोगले पत्रकार सम्मेलनको तयारी गरिरहेको छ ।
त्यस्तै निर्वाचन आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । ३४ जिल्लामा आज पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगले अनुमान गरेको हो । मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको बताएको हो । अहिलेसम्मको प्रारम्भिक तथ्यांकको बिश्लेषण गर्दै आयोगले यो विवरण गरेको छ । आयोगले निर्वाचनमा निकै उत्साहजनक सहभागिता रहेको बताएको छ । यसको औपचारिक विवरण भने केहीबेरमा आयोगमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने आयोगले जनाएको छ ।