पन्जावको प्लेअफमा जाने सम्भावना बलियो

news

बैशाख २९-
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पन्जावले प्लेअफमा जाने सम्भावना बलियो बनाएको छ । गए राति भएको खेलमा पन्जाबले मुम्बइ इण्डियन्सलाई ७ रनले हराएको हो । पन्जावले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको मुम्बइ निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको हो । यसअघि टस हारेपछि व्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।  मुम्बइ यसअघिनै प्लेअफमा पुगिसकेको छ । पञ्जावको पनि बिहीबारको जितले प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।