उद्योग मन्त्रालयद्वारा १४ अरव बजेट माग

बुटवल, वैशाख २८-
आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट माग गरेको छ । अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेका बेला उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट विनियोजन गर्न माग गरेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा उद्योग मन्त्रालयका लागि ८ अरव २६ करोड सिलिङ तोकेको छ ।

उहाँले आज पत्रकार सम्मेलन गरी १० वर्ष भित्र मुलुकलाई समृद्ध बनाउने योजना पूरा गर्न अव कम्तिमा १४ अरव ६१ करोड रकम विनियोजन हुनुपर्ने माग गर्नुभयो । मन्त्रालयले एकल बस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र, लगायतका कार्यक्रमका लागि तोकिएको सिलिङ भन्दा बढि रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गर्नु परेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताउनु भयो ।

उद्योग मन्त्रालयले पूर्वाधार विकास, साना उद्योगको स्थापना, पर्यटन उद्योगहरुको स्थापना गरी नेपाललाई समृद्ध बनाउने योजना अघि सारेको छ ।