आइपिएल:दिल्ली डेयरडेभिल्स विजयी ।

news

बैशाख २८-
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराएको छ । कानपुरको ग्रिनपार्क रंगशालमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य दिल्लीले दुई बल बाँकी हुँदा ८ विकेटको क्षतिमा भेट्टायो । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले पाँच विकेटको क्षतिमा एक सय ९५ रन बनायो । उसका लागि एरोन फिन्चले ६९, दिनेश कार्तिकले ४० तथा इशान किशनले ३४ रन बनाए । जितपछि छैटौं स्थानको दिल्लीको १२ खेलबाट १० अंक भएको छ । १३ खेलबाट ८ अंकसहित गुजरात सातौं स्थानमा छ ।