आइपिएल : हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो

news

बैशाख २६-
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बनाएको हो ।  मुम्बईले दिएको १ सय ३९ रनको लक्ष्य हैदरावदले १० बल बाँकी छँदै भेट्टायो ।जितसँगै हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो ।