अत्तरीया कप महिला क्रिकेटमा आजबाट सेमिफाइनलका खेल सुरु

news

बुटवल, बैशाख २५-

कैलालीको अत्तरीयामा जारी अत्तरीया कप महिला क्रिकेटमा आजबाट सेमिफाइनलका खेल सुरु भएका छन् । आज पहिलो सेमिफाईनलमा समुह ‘ए को विजेता एपिएफसँग समुह ‘वी को उपविजेता कैलालीले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।
त्यस्तै समुह ‘वी को विजेता राईजिङ क्रिकेट वुमनले सम्ुह ‘ए’को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।