किंग्स इलाभेन पञ्जाब विजयी

news

बैशाख २३-
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको हो । पञ्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनायो । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले सात विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । पाँचौं स्थानमा रहेको पञ्जाबको १० अंक भएको छ । उसले अब चार खेल खेल्न बाँकी छ । दुई खेल बाँकी हुँदा पुछारमा रहेको बैंग्लोरको पाँच अंक छ ।