आएपिएल क्रिकेट अन्तरगत गए राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी

news

वैशाख २२ – इन्डियन प्रिमियर लिग आएपिएल क्रिकेट अन्तरगत गए राति भएको खेलमा गुजरात लायन्सले दिएको २ सय ९ रनको लक्ष्य दिल्ली डेयरडेभिल्सले १५ बल बाँकी छँदै तीन विकेट जाँदा भेट्टाएको छ ।
दिल्लीका लागि रिसब पन्तले ४३ बलमा ९७ रन बनाए । उनले ९ छक्का र ६ चौका हानेका थिए । यस्तै सन्जु सामसनले ७ छक्काको सहयोगले ३१ बलमा ६१ रन बनाए । यी दुवैले दोस्रो विकेटका लागि १ सय ४३ रनको साझेदारी गरेका थिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ४३ बलमा ७७ रन तथा दिनेश कार्तिकले ३४ बलमा ६५ रन बनाएका थिए । आरोन फिन्चले १९ बलमा २७ रन र रविन्द्र जडेजाले ७ बलमा १८ रन बनाए ।  यसअघि टस हारेर पहिले व्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ४३ बलमा ७७ रन तथा दिनेश कार्तिकले ३४ बलमा ६५ रन बनाएका थिए । आरोन फिन्चले १९ बलमा २७ रन र रविन्द्र जडेजाले ७ बलमा १८ रन बनाए । हारपछि गुजरात नकआउट चरणबाट बाहिरिएको छ ।