बिहीवारको विनिमय दर

 वैशाख २१ – नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७० पैसा र विक्रिदर २३ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३६ रुपैयाँ २८ पैसा छ भने विक्रिदर तीन सय ३८ रुपैयाँ २६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ४८ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ०७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।