नेपाल छन्त्याल संघ रुपन्देहीले बुटवलमा क्रिकेट प्रतियोगिता गर्ने

news

बुटवल २१ बैशाख

नेपाल छन्त्याल संघ रुपन्देहीले बुटवलमा क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जातीय पहिचान गराउन प्रतियोगिताको आयोजना गर्न लागेको विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल छन्त्याल संघ, जिल्ला अध्यक्ष भरत घरब्जाले बताउंनुभयो । कार्यक्रममा आदीबासी जनजाती जिल्ला समन्वय समितिका अध्यक्ष दल बहादुर छन्त्यालले आफुहरु जातीय पहिचानका लागि रचनात्मक कार्यक्रमहरुमार्फत अघि बढेको बताउंनुभयो । जिल्लामा छरिएर रहेका छन्त्यालहरुलाई एकताबद्ध गराएर उनिहरुलाई हकअधिकारका बारेमा जानकारी गराउदै सामाजिक कार्यमा अग्रसर गराउने काम गर्दै आएको बताउंनुभयो ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने खेल संयोजक नबिन घरब्जाले बताए । यसैगरि प्रतियोगितामा उपविजेता टिमले नगद १५ हजार, शिल्ड, प्रमाणपत्र, मेडल तथा विभिन्न विद्यागत रुपमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई समेत नगद, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहांले जानकारी दिनुभयो।

ढवाहाको छन्त्याल भवनस्थित खेल मैदानमा बैशाख २३ गतेदेखि शुरु हुने प्रतियोगितामा जिल्लाका उत्कृष्ट २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उहांले बताउंनुभयो ।