विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपति बीच भेट

चैत्र २५-विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपति बीच भेटवार्ता भएकोछ ।औपचारिक भ्रमणका क्रममा अमेरिका पुग्नु भएका चिनिया राष्ट्रपति सी जीङ पीङलाई उहाँका समकक्षी रहनु भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो नीजि रिसोर्टमा स्वागत गरेका छन्  । त्यस अघि अमेरिकी विदेशमन्त्री रेक्स टेलर र चिनियन प्रथम महिला पेङ लिवानलाई स्वागत गर्न फ्लोरिडा अन्तराष्टिय विमानस्थल पुगेका थिए । दुइ राष्ट्रपति विचको भेट मुख्य गरी अन्तराष्ट्रिय क्षेत्रिय र पारस्परिक चासोको दुईपक्षिय मुद्धामा केन्द्रित रहने ह्याईट हाउसले जनाएको छ । दुइ नेता विच दुई देशिय व्यपार उत्तरकोरियाको आणविक कार्यक्रमा,ताईवान प्रतिको अमेरेकी दृष्टिकोण साउथ चाईना सि लगायतका विषयमा कुराकारी हुनेछ । अमेरीकाको चिन संगको वार्षिक व्यापार घाटा ३ खर्ब डलर भन्दा बढि रहेको छ । ट्रम्पले मुख्य गरी यि विषयमा केन्द्रित रहेर छलफल गर्ने अनुमान गरिएको छ । ट्रम्पले अमेरीकाको नयाँ नेतृत्व समाहाले देखि नै वासिङ्टन र वेइजिङ विचको सम्बन्ध तनावपूर्ण रहदै आएको छ । दुईदिने भ्रमणबाट दुई शक्तिाशाली राष्ट्रविचको सम्बन्ध पुरानै अवस्थामा फर्कने विश्वास गरिएको छ । आज राष्ट्रिपति ट्रम्प र प्रथम महिला मेलायना ट्रम्पले राष्ट्रिपति सि र चिनियाँ प्रथम महिला पेङ्को सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् ।