जीवन संघर्षः र्इच्छा,परीक्षा

news

 

                               

                                                                                                                          -भुवन थापा "बहुवि"

मेरो बाजेहरू कोके, भोटे र गने । कान्छो गनेको नाति पेमे (हवल्दार पेमलाल) को छोरा म बले । यै छसय गुल्मीको दुर्इसय ल्हुम्पेकमा दुःखसुख खार्इखेली जन्मे हुर्केको म ।  ( नागरिक पत्ता मुताविक बि.सं. १९८६ साल चैत्र २१ गते )

बाउ लाउरे आमा लक्ष्मी घर गृहस्तीमा । बाउ कै र्इच्छा मुताविक १७ वर्षको लक्का जवानीमा तलको १९४७ सालमा फोर एट जी. आरमा बलबहादुरको नामले भर्ति । पल्टनीया दुःख सुखका थोर बहुत अनुभव यस्तोः एक साल तक भुटानको थिम्पुमा भुटानी सैनिकलार्इ हिन्दी भाषा सिकाउने र्इन्स्टक्टरको रूपमा रहँदाको घटना, तत्कालिन फिल्ड मार्शन मानिक शाहको सबभन्दा प्यारो पात्र भएको कुरा र १९७१ सालमा रिटायर्ड हुँदाको तीतो मीठो अनुभूति मलार्इ नायव सुबेदार रेङ्कमा रिटायर्ड गरियो अझ तीन महिना मात्र समय थपिएको भए सुबेदार हुने थिएँ मैले । हुनत तेस पछि भएको श्रीलंकाको युध्दको भुगुरामा ज्यान जोखिममा मोल्नु परेन मैले ।

# सत्र वर्ष किशोर काल । चैबीस वर्ष हिन्दुस्थानको सैनिक जागिरे । छयालिस वर्ष पेन्शिने जिन्दगी #

चौबीस वर्षको लामो सैनिकको जागिरे जिन्दगी पछि सुखले ऐस अराम गर्ने भनेर फर्केको म । समयसँगै समाज सेवामा लागेर वडा अध्यक्ष लगायतको गाउँ छिमेकमा थुप्रै सामाजिक क्रियाकलापहरूमा अर्को चौबीस वर्ष पनि बित्न लागेछ पत्तै नपार्इकन । पाँच भार्इ छोराहरू ( कार्इँलो बितेको ) दुर्इ बहिनी छोरीहरू हुर्कँदै जाँदा उनीहरूको अवश्यकता मुताविक लवार्इ खवार्इ लेखार्इ पढार्इलार्इ ध्यान दिनु पर्ने भयो मैले । मेरो जाबो पेन्शनको पैसाले छोप पनि लाग्न छाड्यो झन् पछि झन् ।

पचास साठी बर्षको उमेरमा १७ वर्षे जवानी लिएर फेरि हिन्दुस्थान कै सरण सुगौली, मझौलिया विहार, पश्चिम चक्पायन, आसाम आदि ठाउँमा गएर चौकीदारी गर्न थालेँ मैले ।

शरीर र उमेरले साथ दिए सम्म गरियो अनेकानेक । छोरा छोरीहरू हुर्कंदै गर्दा जेठो छोरा नारन ( फटिक थापा )ले २०३६ सालमा एस.एल.सी. गर्यो स्याङ्जा, बिरघाको हार्इ स्कूलबाट । गाउँ कै स्कूलमा पढाउने आफू पनि माथि माथि पढ्दै गर्ने क्रममा समाजमा हुने दमन, उत्पीडन, पञ्चायती तानाशाह बिरूध्दको  सामाजिक तथा राजनीतिक क्रियाकलापमा लाग्दा जेलनेल पनि बेहोर्यो उसले । पेन्शन पाक्नै लागेको मास्टरी सेवाबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर विजयी भै साँसद हुँदाको बखत मेरा आँखाबाट हर्षका अश्रु धारा बग्दा गर्वले छाती फुलेर आएको थियो उतिबेला । फटिक मेरो मात्र छोरा हैन उ सबको छोरा हो उसले सबैको हितमा लाग्नु पर्छ जीवन भर ।

मार्इला छोरा धेरै नपढेको भए पनि गाउँमा इन्जिनियर मान्छु म उसलार्इ । सार्इलो बेनु बीसौं वर्षदेखि बुटवलमा कलाकारी पेशा अपनाएर नाम इज्जत कमाएको छ उसले पनि । अर्को, गाउँमा रहेको पैत्रिक सम्पत्ति ठामेर घर गृहस्थीमा लागेको छ कान्छो । छोरीहरू घरजममा, दर्जन नाति नतिनाहरू कोही कलाकारितामा कोही डाक्टरी पढ्दै .... भारतीय सेनामा भर्ति भएर बाजे र जिजुको बिडो ठामेको छ एउटा नातिले । आफ्नो सन्तानले देश विदेश तथा विभिन्न पेशा व्यवसायमा अघि बढेको देख्दा स्वर्गीय अनुभूत भैरहेको छ मलार्इ ।

यो हाम्रो ल्हुम्पेक बस्ती धेरै पिछडिएको मगर बाहुल्य रहेको बस्ती । 'भार्से' जस्तो यस ठाउँको पनि नाम इज्जत राख्नु पर्छ अबकाले । मगर भाषा लोप भएकोमा साह्रै पीर छ मलार्इ यसलार्इ फेरि जगाउन सके ! यस्तै यस्तै तर्काना खेल्दै, दुःख सुखहरू झेल्दा झेल्दै उमेरले नेटा काटिसकेछ ...... होशै नपार्इ ।

दिनानु दिन गिर्दो यो अशक्त बृध्द शरीर, घरले जा वनले आर्इज भन्ने बेला उल्टै जन्म ठाउँ मै बसेर छिटो मर्ने र्इच्छा मेरो । परिवारहरू सुविधा सम्पन्न शहरमा स्वस्थ राखेर सदावहार बनाउन चाहन्छन् मलार्इ । बुढो रूखलार्इ जति नै मलजल गरेर पनि के र ---- ! शरीरका सबै र्इन्जिनहरू काम नलाग्ने भैसके पछि, मर्तत सम्हार गरेर पनि त कति पो टिक्ला र ? पीडालार्इ तन्काउनु महा यतना मेरो लागि ।  नक्कली सास (अक्सिजन) भरेर कति पो जिउनु मैले........!!!

                                    *इति*