भारत–चीन सम्बन्ध

news

चैत्र २४-निर्वासित तिब्बती नेता दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणलाई लिएर भारत–चीन सम्बन्ध चिसिएको छ । चीनले यो भ्रमणले ‘दुईपक्षीय सम्बन्धमा दरार ल्याएको’ बताइरहेको छ भने भारतले लामाको ‘नियमित भ्रमण भएको र कृत्रिम विवाद सिर्जना गर्न खोजिएको’ जिकिर गरेको छ । भ्रमण पूर्ण रूपमा धार्मिक भएको दाबी गर्दै यसमा चीनले हस्तक्षेप गर्न नहुने भारतको भनाइ रहेको छ । चिनियाँ अधिकारी तथा सञ्चारमाध्यमले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामाको सम्बन्धमा यस अगाडिका सरकारले भन्दा फरक नीति लिएको दाबी गरेका छन् ।