जेठ १९ मा त्रिपक्षिय भिडन्त पक्का, दुई फिल्मसँग भिड्न 'जालो' तयार

news

जेठ महिनामा नेपाली फिल्म उद्योगमा राम्रै प्रतिस्पर्धा हुने निश्चित प्रायः छ । सुरुवाती हप्तादेखि साता अन्तसम्म सबै शुक्रबार रिलिजको लागी बुक भईसक्दा जेठ महिनालाई नै तार्गेट गर्दै अर्को फिल्मको रिलिज घोषणा गरिएको छ । फिल्म 'जालो' जेठ १९ मा रिलिज हुनेछ ।
 
अराज केशव निर्देशित यो फिल्मको घोषणा पुर्व नै यो मितिमा अन्य दुई फिल्म पनि प्रदर्शनको लागी तयार छन् । सुरज सुब्बा नाल्बो निर्देशित 'रातोघर' र नितिन चन्द निर्देशित 'जोनी जेन्टलमेन'सँग भिड्न अन्ततः जालो तयार भएको हो ।
 
वन सटमा खिचिने विश्वकै लामो फिल्मको रुपमा विश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ र सँगसँगैको यसको सिक्वेल ‘जालो २’ चार घण्टामा खिचेको दाबी निर्माण युनिटको छ । गिनिज वर्ल्ड रेकर्डको लागी भने फिल्मको प्रिमियरपछि मात्र पुर्ण प्रक्रिया सम्पन्न हुने निर्देशक केशवले बताएका छन् ।
 
फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान लगायत अभिनयमा छन् ।