अफगानिस्तानको सुरक्षा कारबाहीमा ३३ भन्दा बढी लडाकुको मृत्यु

चैत्र १९-अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रदेशमा सरकारी सुरक्षा फौजले गए राति गरेको सुरक्षा कारबाहीमा परी ३३ जनाभन्दा बढी लडाकुको मृत्यु भएको छ ।
अफगानी सेनाका प्रान्तीय प्रवक्ता शिर एक्वा फाक्विरीका अन्ुसार सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्दै आइरहेका लडाकुविरुद्ध चापारहार र पाचिरागाममा सुरक्षा कारबाही जारी राखेको थियो, त्यस क्रममा ३३ जना लडाकुहरु मारिएका बताएका छन् ।
नानगार्हार र जलालाबादलाई आफ्नो राजधानी मानेर गतिविधि गर्दै आइरहेका तालिवान लडाकु  इस्लामिक स्टेट(आइएस) कसैले पनि घटनाको जिम्मेबारी लिएका छैनन् ।