अमेरिकामा रक्षा बजेट १० प्रतिशत बढ्ने

news

 
१७ फागुन, काठमाडौं । अमेरिकाले रक्षा बजेट १० प्रतिशतले बढाउने भएको छ ।  सन् २०१८ का लागि प्रस्तावित बजेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामा ५४ अर्ब डलर अर्थात झण्डै १० प्रतिशत रकम बढाउने तयारी गरेका छन् ।
 
अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउन ट्रम्पले प्रस्ताव गरेका छन् । बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने ट्रम्पको भनाइ छ । सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मे मा कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
 
अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी गरिएको हो ।