चलचित्र ‘शिवम’ को छायाँकन काठमाडौंमा धमाधम

news

राजु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शिबम’ को यतिबेला राजधानीमा धमाधम छायाँकन भइरहेको छ । यो चलचित्र कल्पना खरेलले निर्माण गरेकी हुन ।
 
चलचित्रको निर्देशन राजु गिरीले गरेका छन् । चलचित्रमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन भने किरण गजमेरले द्वन्द निर्देशन गरेका छन् । चलचित्रमा नायिका शुभेच्छा थापा र नव नायक सोहन भेटवाल मुख्य भुमीकामा छन् ।
 
त्यसैगरी रवि गिरी, कुमार थापा, पल्पसा ढंगोल मदन सिटौलालगायतको अभिनय रहने छ । त्यसका साथै निरन्तर कलम चलाइरहेका सञ्चारकर्मी कमल फुयालले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।