अर्को बर्ष रेखाको ४ सिनेमा आउने

news

बर्षेनी नायिका रेखा थापाको नयाँ सिनेमा आउने गथ्र्याे । यस बर्ष भने रेखा थापाको कुनै पनि सिनेमा नआउने लक्षण देखिएको छ । गत बर्ष थापाको रामप्यारी आएको थियो ।त्यसपछि भने कुनै सिनेमा आएको छैन, अर्काे बर्ष भने उनको ४ सिनेमा आउने तयारीमा छन् । 
 
 
आफ्नो ब्यानर भन्दा बाहिर काम नगर्ने भनेकी नायिका थापाले यो बर्ष भने ब्यानर बाहिर पनि काम गरेकी छिन् ।ब्यानर बाहिरमात्रै उनले ३ सिनेमामा काम गरेकी छिन् । ब्यानर बाहिरको सिनेमा पँलाश र डायरीको छाँयाकन सकिइसकेको छ भने हिरो रिटन्स छाँयाकनकै क्रममा छ ।
 
 
यस अघि चैत्र ११ मा प्रदर्शन गर्ने भनिएको सिनेमा डायरी पनि अर्काे बर्ष प्रदर्शन हुने छाँटकाँट छ । सँगै अन्य २ सिनेमा पलाँश र हिरो रिटन्स पनि अर्काे बर्षनै प्रदर्शनमा आउने तयारीमा छन् । त्यसो त दर्शकले थापालाइ प्राय दशैँमा हेर्दै आएका थिए यो बर्ष त्यो अवसर दर्शकलाइ मिलेन । अर्काे बर्ष दशैँमा भने आफ्नै ब्यानरको सिनेमा रुद्रप्रिया रिलिज गर्ने घोषणा गरिसकेकि छिन् ।
 
 
 
यसरी बलियो स्टारडम बनाएकी नायिका रेखा थापाको ४ सिनेमा अर्काे बर्ष आउने भएको छ । यो बर्ष एउटा पनि सिनेमा प्रदर्शन नभएकोले रेखालाइ फाइदा पुर्याउला की बेफाइदा त्यो आगामी दिनमा थाहा भैनैहाल्छ ।