कहिले को हो नेपाल ? नेपाल एक प्राचीन मुलुक..

news

डी. आर संघार –
     नेपाल कहिले को होला ? के नेपाल मानव सभ्यता सँगै अस्थित्वमा थियो ? भन्ने गहन विषय हो र चासोको विषय पनि हो । किम्वदन्ती, विकसित दन्ते कथाहरु, धर्मशास्त्र तथा पुराना सहित्यिक ग्रन्थहरु नै यसको अध्ययनका लागि मार्गदर्शक हुन सक्छन् । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको पाइन्छ । त्यतिमात्र होइन नेपाललाई पवित्र भूमिका रुपमा धर्म ग्रन्थहरुले उल्लेख गरेका छन् । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको देखिन्छ ।  पश्चिम नेपालको मुटुको मानिने मोफसलको राजधानी बुटवलको तिनाउ नदी किनारमा भेटिएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य पुष्टी गर्दछ ।

नेपाल नामको पहिलो उल्लेख अथर्व परिशिष्टमा गरिएको छ । अथर्व परिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको हुन सक्ने आध्यत्म क्षेत्रमा अध्ययन अनुसन्धान गरेका धर्म गुरुहरु बताउछन् । यसमा नेपाललाई कामरू, विदेह, उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको पाइन्छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको बौद्ध धर्म संग अन्बेक्षकहरु बताएका पाइन्छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (जिल्ला)को रूपमा वर्णन गरिएको छ ।

जैनग्रन्थ आवश्यक सूत्रमा पनि नेपालका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै कौटिल्यको अर्थशास्त्र वा चाण्क्य अर्थशास्त्रमा पनि नेपालको बारेमा उल्लेख गरेको पाइएकाले नेपाल प्राचिन देश हो भन्न सकिने आधार भेटिन्छ । त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्य’ को रूपमा गरेको भारतीय सूचना विभागले प्रकासन गरेको एक पुस्तकमा उल्लेख छ । त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका पाइन्छन् । नेपाल प्राचिन देश भइकनपनि स्वतन्त्र देश थियो भन्ने कुरा विभिन्न स्रोतहरुबाट पुष्टी हुन्छ । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । नेपालका बारेमा नेपालीहरुले भन्दा धरै पहिले नै विदेशीहरुले गरेको पाइन्छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै ‘नेपाल’ नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाल सव्ध पछि मात्र प्रयोगमा आए पनि मानव सभ्यता संगै स्वतन्त्र राज्यका रुपमा नेपाल  रहेको विष्लेषण गर्ने प्रसस्त आधारहरु पाउन सकिन्छ । नेपाललाई सत्ययुगमा सत्यवतीका रुपमा एक स्वतन्त्र राज्य थियो भने त्रेतायुगमा तपोवनका नाममा चर्चित भयो । राम रज्यको सुरुवात संगै द्वापरयुगमा मुक्तिसोपान भन्न थालियो । पछि कलियुगमा आएर नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

लिच्छविकालभन्दा अघिका प्राचीन इतिहास भरपर्दो स्रोतहरुको अभावमा स्पष्ट हुन सकेको पाइदैंन । वैशावली र पंराणहरूका आधारमा मात्र त्यस युगको इतिहास अध्ययन गर्न सकिन्छ । ती ग्रन्थहरूमा भने नेपाल उपत्यका उत्पत्तिको सम्बन्धमा अनेक रोचक कथाहरूको वणन गरिएको पाइन्छ । आज सम्म विकसित नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरू भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट भएको पाइदैन् । किँरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त नसकेको बताइन्छ । त्यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीका साथै लिच्छविकाल सुरू भए पनि प्रमाणहरूका आधारमा ईश्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढी विश्वासिलो बनेको पाइन्छ ।

यसरी हेर्दा नेपाल शव्द कलियुग पछि प्रयोगमा आएको भए ता पनि आजको नेपाल विभिन्न नामले स्वतन्त्र राज्यका रुपमा प्राचिन काल देखि रही आएको बुझ्न सकिन्छ । मानव सभ्यताको विकास संगै नेपाल, विभिन्न नाममा स्वतन्त्र राज्यका रुपमा थियो भन्न सकिने आधार मान्न सकिन्छ । नेपाल नाम कसरी रहन गयो भन्ने बारेमा विभिन्न आधारहरु पाइन्छन् । नेपाल नामकरणको आधार भाषिक आधार पनि महत्वपूर्ण आधार हो ।  जातिगत आधार र कामका आधारमा नामाङ्करण भएको हुन सक्ने विष्लेषण पनि हुने गरेको पाइन्छ ।  के आजको नेपाल नाम प्रचिनतम नाम हो ? सवैको चासोको विषय पनि हो । आवस्य पनि माथि उल्लेख भए अनुरुप नेपाल भन्ने शव्द कलियुग सुरु भए पछि भन्न थालिएको हो । यो देशलाई इंगित गरिने नामका रुपमा विकसित भएको पाइन्छ ।  नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा वर्णन गरिएको पाइन्छ । अतः नेपाल प्राचिन आदिम मानव सभ्यता संगै विकास भएको एक स्वतन्त्र राज्य हो । आजको नेपाल कुनै राज्यबाट आयातित् नभई प्राचिन युग देखि नै विकसित हँुदै आएको तथ्यहरुले पुष्टी गर्दछ । आजको नेपालमा प्राचिन युगको मानव सभ्यताको प्रतिविम्व झल्कने हुँदा पनि नेपाल धेरै पुरानो राज्य भएको पुष्टी गर्न सकिन्छ ।
मचलभधकज्ञद्दघ२नmबष्।िअयm


स्रोत:

परिचय नेपाल, सूचना विभाग
भारत सव्यता (हिन्दी) म्यगजिन
मार्गदर्शन, ए टु जेट पव्लीकेसन