शहिद दिवसको पुर्वसन्ध्यामा जितगढी किल्ला सरसफाई

 
बुटवल,१५ माघ ।
शहिद दिवसको पुर्वसन्ध्यामा पुर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीले बुटवल स्थित जितगढी किल्लाको सरसफाई तथा रंगरोगन गरेको छ ।
संस्थाका अध्यक्ष क्याप्टेन किशनबहादुर केसीको नेतृत्वमा सोमबार गएको भुतपुर्व सैनिकहरुको टोलीले ऐतिहासिक महत्वको जितगढी किल्लाको सरसफाई गर्नुका साथै रंगरोगन समेत गरेको हो ।
ऐतिहासिक महत्वको जितगढी किल्लाको प्रचार प्रसार गर्ने उदेश्यले पुर्व सैनिकहरुको सो संस्थाले मंगलबार जितगढी किल्लामै शहिद दिवस मनाउन लागेको संस्थाका उपाध्यक्ष कुलबहादुर केसीले जानकारी दिए ।
जितगढी किल्लामा पहिलो पटक मनाउन लागिएको शहिद दिवस कार्यक्रममा प्रदेशसभा सदस्य तथा बुटवल उपमाहानगरपालिकाका पुर्व प्रमुख भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पुर्व सैनिक कल्याणकारी संस्था रुपन्देहीले जनाएको छ ।