समानुपातिकतर्फको सम्पूर्ण परिणामको प्रस्ताव साँझसम्म आयोगसमक्ष पेस गर्ने तयारी

बुटवल / समानुपातिक निर्वाचन अधिकृतको कार्यालयलले सातवटै प्रदेशको समानुपातिकतर्फको सम्पूर्ण परिणामको प्रस्ताव आज साँझसम्म आयोगसमक्ष पेस गर्ने तयारी गरेको छ । परिणाम निकाल्ने कामलाई अन्तिम चरणमा पु¥याएको अधिकृतको कार्यालयले आज मतपरिणाम आयोगसमक्ष पेस गर्ने तयारी गरेको हो । प्रदेशको परिणाम निकाल्ने काम आजसम्म सकाउने लक्ष्य राखिएको समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहनुभएका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगको निर्णयपछि थप प्रक्रिया अगाडि बढाइने छ । आयोगले निर्णय गरेपछि प्रदेशगत रूपमा दलगत रुपमा सिट संख्या तोकेर दलहरूलाई पठाइने सचिव शर्मा पौड्यालले बताउनुभयो ।

राष्ट्रिय सभाको निर्वाचन नभएकोले समानुपातिक सूचीबाट कुन दलले कति महिला पठाउने भन्ने संख्या  तोक्न आयोगलाई समस्या भएको छ ।