जाडो मौसम सुरु भएसंगै डेंगुको संक्रमण नियन्त्रणमा

बुटवल/
जाडो मौसम सुरु भएसंगै बुटवलमा डेंगुको संक्रमण नियन्त्रणमा आएको छ । दशै देखि एकाएक बढेको डेगू संक्रमण गतसातादेखि नियन्त्रणमा आएको लुम्विनी अञ्चल अस्पताल बुटवलले जनाएको छ ।
दैनिक ३० जनासम्म डेगूका बिरामी आउने गरेको लुम्विनी अञ्चल अस्पतलामा अहिले एक दुई जना मात्रै बिरामी आउन थालेको अस्पतालका सुचना अधिकृत लक्ष्मिराज रेग्मिले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ८ सय ८५ जनामा डेगूको संक्रमण भेटिएको छ ।
डेंगू नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयले सचेतना र लामखुट्टे खोज र नष्ट गर अभियान नै सञ्चालन गरेका थिए ।