देशभरीको सुरक्षा व्यवस्था मजबुद

बुटवल/
निर्वाचनलाई लक्षित गरी देशभरीको सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ । दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा आजदेखि सुरक्षा गस्ति सुरुभएको गहृमन्त्रालयले जनाएको छ । पछिल्लो समय उम्मेदवार तथा दल लक्षित बम विस्फोटका घटना बढ्दै गएसंगै गृहमन्त्रालयले ४ वटै सुरक्षा निकायलाई तीव्ररुपमा परिचालन हुन निर्देशन दिएको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा कुनै राजनीतिक आस्था बोकेका समुहबाट भएको भन्दै सुरक्षा रणनितिलाई परिवर्तन गरिएको बताउनुभयो । उहाँले कुनै त्यस्ता समुह संगठन वा व्यक्तीबाट अराजक क्रियाकलाप भए गोली हान्ने सम्मको आदेश भएको उल्लेख गर्नुभयो ।
यता रुपन्देहीमा पनि निर्वाचन केन्द्रित सुरक्षा गस्ति तिब्र पारीएको छ । भैरहवा स्थित गौतम बुद्ध बिमानस्थल र जिल्ला कारगारमा सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । त्यहा रहेका प्रहरीहरु बाहिरीएका छन ।
निर्वाचनका लागि खटिने मतदान अधिकृतहरुले आजैदेखि निर्वाचन सामाग्रि सम्वन्धित निर्वाचन केन्द्रमा लैजान सुरु गरेका छन । निर्वाचन सामाग्रि केन्द्रमा लैजादा बिशेष सुरक्षा दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
उता कपिलवस्तुमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै  सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ  ।
निर्वाचनको बेला भारतबाट भित्रिन सक्ने बिस्फोट पदार्थ र आपधारिक समुहलाई नियन्त्रण गर्न सीमा नाकाहरुमा तालिम प्राप्त कुकुरलाई खटाईएको हो ।
चाकरचौडा, मर्यादपुर हदौना, कृष्णनगर लगायतका सीमा नाकामा कुकुर परिचालन गरिएको छ ।