छारीहरुद्धारा बुवाका नाममा अक्षयकोष स्थापना

बुटवल/

रूपन्देहीको तिलोत्तमा ८, प्रदीपनगर डाँडाका नरबहादुर पंगेनीको ८४ औं जन्मोत्सवको अवसर पारेर जनभावना मा। वि। दीपनगरमा रू २ लाख ५ हजार बराबरको अक्षयकोषको स्थापना गरिएको छ ।
पंगेनीका छोरीहरूले आफ्ना बाबुको नाममा गरीब तथा जेहेन्दार विद्यार्थीहरूको पढ़ाई लेखाई एंव समुचित विकासमा मद्दत पुगोस भन्ने हेतुले रू २ लाख ५ हजार बराबरको अक्षयकोष स्थापना गरेको छोरी लक्ष्मी थापाले जानकारी दिनुभयो ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजको रकमलाई गरीब तथा जेह्न्दार विद्यार्थी छात्रवृत्तिमा ख़र्च गरिनेछ । पंगेनीको आज परेको ८४ औ जन्मोत्सवको अवसरमा एक कार्यक्रमका जनभावना मा।वि। का प्राचार्य शंभु प्रसाद पराजुलीलाई चेक हस्तान्तरण गरिएको हो ।
 छोरीहरू लक्ष्मी थापा, कमला ढकाल, गंगा अर्याल र जुना पंगेनीको पहलमा अक्षयकोषको स्थापना गरिएको विद्यालयले जानकारी दिएको छ ।