बुटवलमा केपी ओली र प्रचण्डले सम्बोधन गर्ने

news

बुटवल,कात्तिक ५- रुपन्देहीमा बाम गठबन्धनको सन्देश प्रवाह गर्न वृहत चुनावी सभा हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने चुनावी सभाको तयारी सबै पुरा भएको छ ।
मंसिर ६ गते विहान १२ बजे बुटवलको ट्राफिक चौकमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न शिर्ष नेता  ओली र दाहाल हेलिकप्टरबाट बुटवल आउने जनाइएको छ ।
मंगलबार चुनाव प्रसार प्रसार समिति रुपन्देही क्षेत्र नम्बर २ ले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्राईले बुटवलमा आयोजना हुने चुनावी सभाले राष्ट्रिय रुपमा नभई अन्तराष्ट्रिय रुपमा पार्टी एकताको सन्देश दिने जानकारी दिए । उनले भने–यो चुनावी सभा नेपालमा मात्रै होईन, विश्वमा नै  कम्युनिष्ट पार्टी एकताको सन्देश प्रवाह गर्ने चुनावी सभा हुने छ । ’ पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्राईले प्रदेश विभाजन विरुद्वको सन्देश बुटवलबाट दिएको स्मरण गर्दै प्रदेशको राजनधानी बुटवलमा नै बनाउनको लागि केन्द्रीय नेताहरुलाई सन्देश  दिन पनि कार्यक्रम आयोजना गरी जानकारी दिए । 
पत्रकार सम्मेलमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा जिल्ला स्तरिय  आम सभा परिचालन कमिटिका सह संयोजक निर्मल जिसी देश बाम विजयी एकताको सन्देश दिन बुटवलमा आम सभा आयोजना गरिएको जानकारी गराएका थिए ।