५ करोड २२ लाख मतपत्र छापियो

बुटवल, मंसिर ४-
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ । निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि आज छपाई सकिएको हो । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड ७४ लाख, प्रदेशसभाको दुई चरणका लागि १ करोड ७४ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनु भयो । त्यसैगरी समानुपातिकतर्फको मतपत्र एउटै सिटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ करोड ७४ लाखकै संख्यामा मतपत्र छपाई भइसकेको छ ।
प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकतर्फ गरी ५ करोड २२ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र असोज १७ गतेदेखि सुरु भएर कात्र्तिक ८ गतेसम्म छापेर सकिएको थियो ।
त्यसैगरी पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ३४ लाख तथा प्रदेशसभाका लागि सोही संख्यामा मतपत्र छपाईँ गरी निर्वाचन क्षेत्रमा पठाइ सकिएको प्रवक्ता ढकालले जानकारी दिनु भयो । अपेक्षाभन्दा कम उमेदवारी परेकाले तोकिएको समयभन्दा छिटो मतगणना सकिने आयोगले जनाएको छ ।