नवलपरासीमा भएको दुर्घटनामा दुई युवाको मृत्यु

news

बुटवल,मंसिर ३-नवलपरासीको गौडाकोटमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । ना ४ ख ९७०८ नम्वरको ट्रकमा ना ५० प ४४३५ नम्वरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकलमा सवार दुइ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि गंविर घाइते भरपुर निवासी १९ बर्षीय सन्दिप घिमिरे र सोही ठाउका २० वर्षी सुसील शर्माको चितवन मेडिकल कलेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।