आज विश्व शौचालय दिवस

news

बुटवल,मंसिर ३-
आज विश्व शौचालय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ।
विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ। हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ। घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रित गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ। नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि ठूलो जनसंख्या शौचालयको पहुँच बाहिर छ। अहिलेसम्म ३८ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ।