भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज

news

मंसिर ३-भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ बनेकी छन् । चीनको सनायामा uP /ftL भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् । विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी विद्यार्थी छिल्लर हेड टु हेथ च्यालेन्ज तथा ब्यूटी विद पर्पसमा पनि अब्बल ठहरिएकी थिइन् ।