माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ब्रेक थ्रु भोलि

बुटवल, मंसिर २- दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको भोलि ब्रेक थ्रु हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिँदैछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको जानकारी दिनु भयो । इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ ।

खाँडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने एक सय ४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् । आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने छ ।