राष्ट्रिय जनमोर्चाद्वारा १७ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक

news

बुटवल, मंसिर २ ।
राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नम्बर दुईले निर्वाचन सम्बन्धी कार्यक्रम र चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ । निर्वाचन परिचालन समितिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रम र १७ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक गरिएको हो । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, समृद्व नेपालको निर्माण गरौं  भन्ने नारालाई अगाडी सारेको छ । पत्रकार सम्मेलन गरी शनिबारदेखि क्षेत्र नम्बर २ को सबै ठाउंमा निर्वाचनका कार्यक्रमहरु सञ्चालन गरिने बताईएको छ । मंसिर ८ गतेसम्म बुटवल उपमहानगरपालिकाको विभिन्न ठाउंमा कोण सभा, घरदैलो, बैठक तथा भेलाहरु गरिने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर भण्डारीले बताएका छन् । नौ गतेदेखि १२ गतेसम्म तिलोत्तमा नगरपालिकाको विभिन्न वडा तथा वस्तीहरुमा कोणसभा, घरदैलौ, भेला, बैठक तथा जनघेटघाट गरिने बताईएको छ । १३ गते समिक्षा बैठक बस्ने र १४ गतेदेखि १९ गतेसम्म जनभेटघाट र आमसभाहरु गरिने निर्वाचन परिरचालन समितिका संयोजक भण्डारीले जानकारी गराए । त्यस्तै १७ बुंदे प्रतिवद्वता पत्रमा भारतीय हस्तक्षेपबाट देशलाई मुक्त बनाउने, स्वाधिन राष्ट्र निर्माण गर्ने, भारतीय पूर्व सैनिकलाई पेन्सन क्याम्पका लागि बुटवल फुलवारीमा जग्गा दिने प्रचण्ड सरकारको निर्णयलाई खारेज गर्ने, सिद्वाबाबा बैकल्पिक सडक निर्माण गर्ने, खानेपानी समस्याको उचित व्यवस्थापन गरिने प्रतिवद्वा पत्रमा उल्लेख गरिएको छ । विद्युत विस्तारिकरणलाई भूमिगत गराउंदै लैजाने, बुटवललाई पर्यटकीय हवको रुपमा विकास गर्ने, सैनामैनाबाट उत्पादित कृषि उपजको बजारीकरण तथा छुद्वै कृषि सडक निर्माण गर्ने, पूंजीवादी अर्थतन्त्रको खारेजी गरी र राष्ट्रिय पूंजीपति वर्गलाई प्रोत्सान गर्ने, नवौ शिक्षा विद्येयक खारेज गर्ने, वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार लागु गरिने लगायत उक्त प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ । सोही पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका उम्मेदवार डिल्लीप्रसाद पाध्या (बाबुराम )ले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्वाहरु ओझेलमा पर्दै गएको उल्लेख गर्दै संघीयतालाई खारेजीका लागि जनतालाई सचेत गराउने बताए । उनले एजेण्डा हेरेर मत दिन मतदातालाई आग्रह गरेका छन् । निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर भण्डारीको अध्यक्षता, तुलसीराम शर्माको सञ्चालन र ढुण्डीराज पौडेलको स्वागतमा कार्यक्रम भएको थियो ।