काँग्रेस रुपन्देहीको प्रचार तिब्र

news

बुटवल, मंसिर २-  आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले प्रचार अभियानलाई तिब्र बनाएको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा उम्मेदवार युवराज गिरी तथा प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठ र महेशमान सिंहले घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्र रुपमा अंगाडी बढाउनु भएको हो । घरदैलो तथा भेटघाट कार्यक्रममा उम्मेदवारहरुले सुकुम्बासी समस्या निमुर्ल पार्ने, पाँच नम्बर प्रदेशको प्रादेशिक राजधानी रुपन्देहीमा बनाउने तथा अन्य बिकास निर्माणका आधार सहित मतदान गर्न अपिल गरेका छन् ।
सोही अवसरमा शनिबार बुटवल उपमहानगरपालिकाको वडा नं. १२ मा नेपाली काँग्रेसले सम्पर्क कार्यालय शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन गर्दै प्रतिनीधि सभा उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेसको पक्षमा मतदान गर्नकालागि मतदातालाई आह्वान गर्नुभयो । त्यस्तै बुटवलको वडा नं. १० मा पनि कार्यकर्ता भेला कार्यक्रम गरिएको छ ।